zoom client meetings download zoom installation gratuite pc zoom pc download windows 10 zoom for windows 10 download zoom app donload
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

हेटौंडाको कुखुरा फार्ममा बर्डफ्लू, तीन हजार भन्दा बढि कुखुरा नष्ट

 शुक्रबार, बैशाख १६ २०७९  

काठमाडौं । हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि शुक्रबार तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरले हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको जनाएको हो ।

केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरका अनुसार कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौँ पठाइएको र सात दिनपछि बिहीबार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको हो ।

आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको भनाई छ ।

प्रतिक्रिया सबै