zoominfo pricing - zoominfo pricing zoom wallpaper download zoom meeting password not working on laptop zoom transcription app zoom web sdk sample app
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

बुद्ध एयरको टायर पड्कियो

 शनिबार, बैशाख १७ २०७९  

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ । भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएपछि उडान र अवतरण रोकिएको छ ।

उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हो। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन् । जहाजमा ७२ यात्रु थिए। यात्रुलाई अब अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको छ भने टायर पड्केको जहाजको चेकजाँच भइरहेको छ ।

टायर पड्किएपछि अपराह्नसम्म अरु उडान अवरुद्ध भएको थियो। अहिले अरु उडान सञ्चालन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताएका छन् ।

 

प्रतिक्रिया सबै