voice changer download for zoom download aprende zoom zoom for students download download zoom for government free download aplikasi zoom cloud meeting untuk laptop zoom app add ons zoom english version download zoom meeting room app
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

निर्वाचित भए भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्छु : केशव स्थापित

 आइतवार, बैशाख १८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका थिए ।

आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताएका थिए । उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उनले भनेका थिए।

काठमाडौं देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उनले काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था गर्ने बताएका थिए् । मेयर निर्वाचित भएमा एक दिन मात्र खुशी मनाउने भन्दै स्थापितले त्यसपछि लगातार काम गर्ने बताए । उनले आफू निर्वाचित भएमा नेपाली कांग्रेससँग पनि आफूले गर्नुपर्ने कामको सूचि माग गर्ने र सबै माग पूरा गरिदिने जिकिर गरेका थिए् ।

प्रतिक्रिया सबै