zoom meeting app for firefox download zoom on pc zoom cloud meetings app download join zoom meeting zoom/download.us zoom login online join meeting template free - zoom login online join meeting template free zoom download 64 bits windows 10
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

 मङ्लबार, बैशाख २० २०७९  

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।

सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ प्रहरी निरीक्षक जोशीले भने ।

गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

प्रतिक्रिया सबै