www.zoom app download download zoom for windows offline installer zoom update download pc zoom join meeting id and password - zoom join meeting id and password zoom immersive download zoom cloud meeting for pc free download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

रुसमाथि लगायो थप प्रतिबन्ध युरोपेली फुटबल संघले

 मङ्लबार, बैशाख २० २०७९  

काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसी फुटबलमाथि ठूलो प्रतिबन्ध लगाएको छ । यूईएफलेले रुसको राष्ट्रिय टिम र क्लबमाथि सोमबार थप प्रतिबन्ध सुनाएको हो ।

जसको असर आगामी समरमा हुने महिला युरो २०२२ समेत पर्ने छ । यूईएफले रुसको महिला टिमलाई युरो २०२२ मा प्रतिबन्ध लगाएको छ । प्लेअफमा रुससँग पराजित भएको पोर्चुगलले युरो २०२२ मा सहभागी गराउने यूईएफएले निर्णय गरेको छ ।

यस्तै रुसको कुनै पनि क्लबले आगामी सिजन युरोपको कुनै प्रतियोगितामा सहभागी हुन पाउने छैन । यस्तै रुसले युरो २०२८ वा २०३२ को आयोजनाका लागि पेस गरेको दाबीसमेत अयोग्य भएको यूईएफएले जनाएको छ ।

यसअघि फेब्रुअरीमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र यूईएफएले रुसको राष्ट्रिय टिम र रुसी क्लबमाथि अर्को सूचना नआएसम्मको लागि निलम्बन गरेको थियो ।

प्रतिक्रिया सबै