download zoom installer msi zoominfo - zoominfo download zoom for m1 zoom app activities zoom account login uk - zoom account login uk
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

स्थानीय तह निर्वाचन: तीन सय ५३ जना निर्विरोध, कुन दलबाट कति भए निर्वाचित ?

 मङ्लबार, बैशाख २० २०७९  

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।
२०७४ को निर्वाचनमा चार सय १२ जना निर्विरोध भएका थिए । यसपालि पनि यो संख्या बढ्न सक्ने आयोगको भनाई छ । यसपालि पाँच दलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित गठबन्धन चुनावी मैदानमा छ । केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन् ।

अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट धेरै छन् । सत्तागठबन्धनतर्फ एक सय ९० जना निर्विरोध भएको आयोगले जनाएको छ । नेपाली कांग्रेसले एक सय एक पदमा जितेको छ । नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले ३४ र जसपाले एक पदमा निर्विरोध भएको आयोगले जनाएको छ ।

यस्तै नेकपा एमाले एक सय २३ पदमा निर्विरोध भएको छ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो । वैशाख १६ मा उम्मेदवारी फिर्ता लिने समय थियो । यसपालि चुनावमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ । निर्विरोध भएका पदमा भने चुनाव नहुने आयोगले जनाएको छ ।

आयोगका अनुसार यसपालि एक सय ७० दलित सदस्य पदमा उम्मेवारी परेको छैन भने ०७४ मा एक सय ७६ दलित सदस्य पदमा उम्मेदवारी परेको थिएन ।

कुन दलले कति जिते ?

एमाले
यो पटकको स्थनीय निर्वाचनमा नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ । भने दुई उपाध्यक्ष जितेको आयोगले जनाएको छ । १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन् ।

नेपाली कांग्रेस
कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ । यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन् । पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

एकीकृत समाजवादी
निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ । एक उपाध्यक्ष निर्विरोध भएको छ भने छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन् ।

राप्रपा /स्वतन्त्र
राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन् भने स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन् । १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन्। स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, जनता समाजवादी पार्टी एक दलित महिला सदस्य, नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया सबै