zoom latest msi installer - zoom latest msi installer download zoom chat after meeting zoom install microsoft store - zoom install microsoft store zoom join a meeting download download zoom shortcut
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

ठूला सपना देखाउँदिन, सफा र व्यवस्थित काठमाडौं बनाउँछु : सिर्जना सिंह

 मङ्लबार, बैशाख २० २०७९  

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका प्रमुख पदका प्रत्यासी सिर्जना सिंहले मतदातालाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छन् । विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनको भनाई छ ।

काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताउँदै प्रमुखमा निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने उनले बताइन् ।

शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले आफ्नो राजनीतिको घर शंकरदेव भएको समेत बताइन्। ‘मैले विरासतबाट होइन, म शंकरदेवबाट राजनीतिमा उठेको हुँ’ उनले भनिन्। २०३३ सालमा गोर्खाबाट कांग्रेसको सदस्यता लिएको बताउँदै जनतालाई रैतीबाट जनता बनाउने अभियानको नेतृत्व गरेको परिवारबाट आएको उनले बताइन् ।

उनले भ्रष्टाचार मुक्त काठमाडौं, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा, आय न्यून भएका महिलालाई स्वरोजगारको व्यवस्था, जेष्ठ नागरिकका समस्या समाधान, ३२ वटै वडामा स्वास्थ प्रबन्धन केन्द्र र जेष्ठ नागरिक भवन बनाउने आफ्ना एजेन्डा रहेको सुनाईन । यस्तै उनले महागनरवासीका लागि सुविधा सम्पन्न अस्पताल खोल्ने र सो अस्पतालमा असहाय, दिनदुःखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार गराउने बताइन् ।

प्रतिक्रिया सबै