zoom blur app download zoom app download for pc windows 10 32 bit download zoom vdi zoom meeting join a meeting online ok - zoom meeting join a meeting online ok why are pcr tests taking so long uk zoom pcf-8n zoom logo free download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

कांग्रेस प्रवेश गरेपछि श्वेता खड्काले भनिन् : अब जनताको सेवक भएर काम गर्छु

 मङ्लबार, बैशाख २० २०७९  

काठमाडौं । अभिनेत्री  स्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेसमा प्रवेश गरेपछि उनले आफ्नो ‘ब्लड’ नै कांग्रेस भएको बताएकी छन् । अभिनेत्री खड्काले आफ्नो जन्म नै कांगे्रस परिवारमा भएको र परिवार नै कांगे्रस समर्थक भएको बताएकी छन् । पार्टी प्रवेश गर्दै उनले समाज सेवा, फिल्म र व्यापारलाई सँगै अधि बढाउने बताउँदै कांगे्रसमार्फत महिलाका अधिकार उठाउने प्रतिवद्धता समेत जनाएकी छन् ।

पार्टी प्रवेश गरेपछि पत्रकारहरुसंग उनले भनेकी छन्, ‘हामीले एउटा पार्टीमा आएर काम गर्न सक्यौं भने केही हदसम्म परिवर्तन हुनसक्छ । अब हामीले पनि लड्नुपर्ने बेला आयो भन्ने हाम्रो आवाज छ । हामीलाई विश्वास गर्दिए, काम गर्न सक्छौं भन्ने हिम्मत हामीमा छ भनेर राइट टाइम आएजस्तो लाग्यो अनि प्रवेश गरें ।’

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिनेता भुवन केसीसहित नायिका खड्कालाई आज (मंगलबार) एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका थिए । अभिनेत्री खड्काले प्रधानमन्त्री देउवासँग धेरै कुराकानी भएको बताएकी छन् । ‘कलाकारलाई मनदेखि स्वागत गर्नुभयो, तर हामीले गरेको कामको निगरानी पनि राख्नुभएको रहेछ । खुसी लाग्यो । हामीले सामाजिक क्षेत्र र फिल्म उद्योगमा गरेको कामको योगदानलाई देशको प्रधानमन्त्रीले ख्याल राख्नुभएको रहेछ ।’ उनले भनिन्, ‘पार्टी प्रवेशको क्रममा उहाँले हामी सँगै हिंड्छौं, राम्रोसँग काम गर्छौं, देश र जनताको लागि धेरै काम गर्छौं भन्नुभयो । म प्रभावित भएँ ।’

प्रतिक्रिया सबै