zoom app discount code zoom join meeting id number password - zoom join meeting id number password zoom app for cloud meetings zoom download in pc zoom cloud meetings app for windows download zoom offline installer download aprende zoom
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मतदाताले बधाई दिँदै खुट्टा ढोगेपछि मिना भावुक, भन्छन् ‘दलित समुदायमा उत्साह छाएको छ’

 मङ्लबार, बैशाख २० २०७९  

काठमाडौं । देशमा स्थानीय तह निर्वाचन सरगर्मी छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उम्मेदवारी बनेकाहरु यतिबेला मतदातको घरक-घरमा भोट माग्न व्यस्त छन् । यसैबीच म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फूलडाँडामा गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मीना विश्वकर्मालाई खुट्टा ढोगेर बधाइ तथा जितको लागि शुभकामना दिएका छन् ।

मतदाताको घरदैलोमा पुग्दा खुट्टा समातेर ढोगेपछि नेकपा माओवादी केन्द्रकोतर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार विश्वकर्माको आँखा रसाएपछि भावुक भएकी थिइन् । सामान्य परिवारकी सदस्य गाउँपालिकाको अध्यक्षको उम्मेदवार भई मैदानमा उत्रिएपछि पिछडिएका वर्ग, दलित तथा उत्पिडित समुदायको हकहित हुने भन्दै दलित समुदाय नै उत्साहित भएर ढोगेरै बधाई दिएका छन् ।

स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उम्मेदवारलाई हर्षित भएर खुट्टा नै ढोगेर बधाई दिएको तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दाबी गर्ने एक्ली महिला समेत हुन् ।

नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेको बताए । ‘दलित समुदायमा उत्साह छाएको छ,‘यसपटक महिलालाई पालिकाको जिम्मा दिनुपर्छ भन्ने आवाज छ’ भण्डारीले भने । यता अध्यक्षकी प्रत्यासी विश्वकर्माले मतदाताको मायाँ र साथले जिम्मेवारी थपिएको बताईन् । ‘

प्रतिक्रिया सबै