zoom citrix vdi download can't open zoom on laptop - can't open zoom on laptop zoom app for fire stick zoom cloud meetings free download windows 10 zoom download microsoft zoom free download zoom user guide pdf download install zoom for all users - install zoom for all users
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

नेकपा फुट्यो : विप्लव आफ्नै पार्टीबाट निकालिए, नयाँ संयोजकमा धर्मेन्द्र बाँस्तोला

 बुधबार, बैशाख २१ २०७९  

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ले निर्वाचनमा भाग लिने चाहना गरेपछि नेपाल कम्युनिष्ट पार्टीमा बढेको अन्तरसंघर्ष अन्ततः विभाजनमा टुंगिएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा निर्वाचनमा भाग लिने या नलिने भन्ने विषयमा अन्तरसंघर्ष चलेको थियो ।

माहासचिव विप्लव निर्वाचनमा भाग लिनुपर्ने पक्षमा थिए । तर, अन्य नेता भने अहिलेकै संसदीय व्यवस्था अन्तरगतको निर्वाचनमा भाग लिन नसकिने अडानमा थिए । स्थानीय तह निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपाका धेरै कार्यकर्ताले मनोनय दर्ता गराएका छन् । विप्लवकै योजना अनुरुप पार्टीका नेता कार्यकर्ताले मनोनयन दर्ता गरेको आरोप लगाउने गरेका छन् ।

विप्लवलाई निष्कासन गर्ने निर्णय
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई निष्कासन गर्ने निर्णय गरेको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

केन्द्रीय सदस्य गुणराज लोहनीका अनुसार विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको निर्णय भएको हो । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीको भनाई छ ।

भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारी समेत विद्रोही नेताहरुको छ । स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । विप्लव पछिल्लो समय पार्टीको नीति विपरीत गएका थिए । विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।

यस्तै निर्वाचनमा भाग लिने नलिने अन्तरसंघर्ष चलिरहेकै बेला विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पदमुक्त गरेका थिए । उनीहरुलाई फुटपरस्त गतिविधि गरेको विप्लवले आरोप लगाएका छन् । विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवंम भेलासम्म गर्दै हिँडेकाले पार्टी विधान अुनसरा दुवै जनालाई अनश्चित समयका लागि जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराईन्छ ।’ कारबाहीमा परेका धर्मेन्द्र र सुर्दशन पछिल्लो समय विप्लवबाट क्रान्तिको नेतृत्व नहुने भन्दै नयाँ पार्टी गठन प्रकृयामा जुटेका थिए । उनीहरु छिट्टै पार्टी घोषणा गर्ने तयारीमा छन् ।

प्रतिक्रिया सबै