६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

एमाले सिध्याउन लाग्नेहरु कांग्रेसको झम्के पुच्छर भए : ओली

 बुधबार, बैशाख २१ २०७९  

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्यान लाग्नेहरु कांग्रेसको झम्के पुच्छर भएको आरोप लगाएका छन् । इलामको माइ नगरपालिकामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर हल्लिने भएको छ । बहुमतको लागि एकता गर्दा उल्टै पार्टी फुटाउन प्रयोग भए ।’

त्यस्तै अध्यक्ष ओलीले झलनाथ खनाललाई गत निर्वाचनमा उम्मेद्वार बनाएर गल्ती गरेको बताए। ओलीले अब यस्ता गल्ती नगर्ने बताउँदै अबका निर्वाचनमा मतदाता पनि अलमलमा पर्न नहुने बताए । ओलीले एमाले कार्यकर्ताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन सक्रिय भएर लागेको अवगत गराए । उनले पार्टी सिध्याएर बाटो विराएकाहरुबाट सचेत हुन आग्रह गर्दै भुलवस बाटो विराउनेहरुलाई पनि पार्टीमा फर्किन आग्रह समेत गरे ।

अध्यक्ष ओलीले भेलालाई सम्बोधन गर्दै एमाले सिध्याउन लाग्नेहरुको पछि कसैलाई पनि नलाग्न आग्रह गरे । निर्वाचनमा सबै वर्ग, समूह र आम मतदाताको आशिर्वाद एमालेलाई भएकाले विजयी हासिल गर्न समस्या नहुने घोषणा गरे । उनले प्राप्त उपलब्धीलाई गुमाउन गठबन्धन गरेको दावी गर्दै निर्वाचनपछि एमाले सरकार बन्ने र उपलब्धीको रक्षा गर्ने बताए ।

 

प्रतिक्रिया सबै