zoom data usage on pc zoominfo login and password download zoom on my computer zoom.us app free download zoom ap download why is zoom not responding on my laptop - why is zoom not responding on my laptop download zoom 4.6.9
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

कार्यकर्तालाई देउवाको निर्देशन : गठबन्धन राष्ट्रिय आवश्यकता हो, धोका दिने काम नगर्नु

 बुधबार, बैशाख २१ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै गठबन्धन राष्ट्रिय आवश्यकता रहेका बताए । धोका नदिन आग्रह भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उनले भने ।

यस्तै प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उनले भने । अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

प्रधानमन्त्री देउवाले विराटनगरमा विराट राजाको दरबार क्षेत्रको उत्खननका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । पुरातत्व विभाग मार्फत उत्खनन गर्ने उनले बताए । ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको पनि बताए । प्रतिनिधिसभामा कांग्रेसलाई जिताए ६५ वर्षपछि वृद्धभत्ता दिने बताउँदै उनले भने ‘संसार भरी यही नियम छ ।’

प्रधानमन्त्री देउवाले विराटनगरमा पहाडी र तराइ मूलका उम्मेदवार भएका कारण गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘पहाडी मधेशी सबैको देश हो,’ उनले भने,‘ सबैलाई एकैसाथ लिएर जानुपर्ने आवश्यकता छ ।’

चुनावी सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने तर्क गरेका थिए ।

प्रतिक्रिया सबै