zoom whatsapp download zoom meeting app download pc zoom free download for laptop windows 10 download zoom meeting for windows 10 64 bit download from zoom zoom free download windows 11
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

कस्ता प्रेमी-प्रेमिकासँग जीवन बिताउन सकिन्छ ?

 बुधबार, बैशाख २१ २०७९  

काठमाडौं । प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम–सम्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ, उसालाई भावी जीवनसाथीको रुपमा हेर्नुपछ ।

कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी, प्रेमिका बनाउँछन् । कतिले देखासेखीमा । कतिले आफ्नो सुरक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । यसले समाज र परिवार र तपाईलाई पनि ठुलो हानि गर्नेछ । जीवनमा कहिले सुश हुने छैन भौतिक रुपले सुख भए पनि । तपाईको मनमा जहिले त्रास हुनेछ ।

प्रेम गरिरहँदा प्रेमी, प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्लानिङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि, छोरी ? नाम के राख्ने ? कहाँ पढाउने ? इत्यादी । हुनसक्छ, प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ ।

कस्ता प्रेमी, प्रेमिकासँग जीवन बिताउन सकिन्छ ?
यदि प्रेमी, प्रेमिकाले आफ्नो हरेक कुरामा चासो रख्छ, स्वास्थ्यस्थितीमा ख्याल राख्छ, पारिवारिक कुरा जान्न उत्सुक रहन्छ, करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ ।

आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने, दुखसुख साझेदार गर्ने प्रेमीरप्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध सुमधुर हुन्छ । आफ्नो स-सानो कुरामा ख्याल राख्ने, कस्तो लुगा सुहाउँछरकस्तो सुहाउँदैन, के खायो, के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमीरप्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

बिवाह जीवनको यस्तो मोड हो, जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति, पत्नीबीच आपसी समझदारी, सहकार्य, सद्भाव, प्रेम, सदिच्छा, विश्वास हुनुपर्छ । यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै थाहा पाउनुपर्छ ।

अक्सर प्रेम सम्बन्धमा रहँदा आफ्ना पार्टनरको आनीबानी, चालचलन, प्रवृत्ति, सोंच, चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ । किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइँदैन ।

प्रतिक्रिया सबै