zoom meeting download for pc 64 bit do webinar participants have to download zoom download zoom hack app zoom cloud meeting free download for laptop free zoom download for windows 8.1 zoom media download cloud zoom meeting app download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

आईपीएलः बैंगलोरसँग चेन्नई पराजित, दिल्ली र हैदरावादको खेल आज

 बिहिबार, बैशाख २२ २०७९  

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ। गएराति पुणेमा भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो। १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १६० रन मात्र बनाउनसक्यो।

जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ। उसले जारी आईपीएलमा अहिलेसम्म ११ खेलमा ६ मा जित र ५ मा हारको सामना गरेको छ। १० खेलमा ३ मा जित र ७ हार खाएको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ।

आईपीएल अन्तर्गत बिहीबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। ९ खेलमा ४ मा जित र ५ मा हार ब्यहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौं स्थानमा छ। ९ खेलमा ५ मा जित र ४ खेलमा पराजित भएको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ।

प्रतिक्रिया सबै