zoom install for windows 10 uk zoom cloud meetings download free download zoom latest version 2021 zoom f4 download zoom meeting download app webinar zoom download download attendance zoom
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

देशमा स्थिरता एमालेले मात्रै दिन सक्छ : अध्यक्ष ओली

 बिहिबार, बैशाख २२ २०७९  

कैलाली– नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।

एमालेद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताएका हुन् ।

उनले भने, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’’

एमालेका अध्यक्ष ओलीले आजै कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा भएका चुनावीसभालाई पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया सबै