why won't zoom open on my laptop download zoom exe download zoom meeting for pc zoom.us/support/download zoom app drawing download zoom 5.5.4 zoom app income zoom app architecture
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौँमा, शीर्ष नेताले सम्बोधन गर्ने

 शुक्रबार, बैशाख २३ २०७९  

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ।

हिजो (बिहीबार) भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार बनेका छन्।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

प्रतिक्रिया सबै