zoom login free download - zoom login free download zoom app for windows free zoom app for widows zoom a download mic not working on zoom windows 10
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

पुँजी बजारको विकासमा प्रभाव, ब्रोकर कम्पनीहरु थप गर्नुपर्छ : अध्यक्ष शेखर गोल्छा

 शुक्रबार, बैशाख २३ २०७९  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताएका छन् । पुँजी बजार अर्थतन्त्रको ऐना भएको भन्दै गोल्छाले यसको विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताएका छन् ।

महासंघले शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको उनले बताएका छन् । ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको अध्यक्ष गोल्छाको भनाइ छ ।

उनले सेयर बजारमा विदेशी लगानी भित्र्याउन चाँडै अध्ययन हुनुपर्ने बताएका छन् । बजार विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै उनले पुँजी बजार क्षेत्रको विकास र विस्तारका लागि महासंघको विशेष दस्तावेज बनाउन लागेको समेत जानकारी दिएका छन् ।

५१ लाख ५० हजार डिम्याट खाता पुगेको भन्दै उनले पुँजी बजारप्रति जनचासो व्यापक बढेको बताएका छन् ।

प्रतिक्रिया सबै