zoom login app - zoom login app do u need pcr test to go abroad zoom cloud meetings windows download zoom installer msi download - zoom installer msi download why won't my zoom audio work on my laptop
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

गीत बजाएको विषयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

 शुक्रबार, बैशाख २३ २०७९  

काठमाडौं । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुहबी नगरपालिका-९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार—प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो ।

विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो । झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाको भनाई छ ।

 

प्रतिक्रिया सबै