covid pcr test bergen op zoom zoom download error 10003 zoom error code 1132 pc - zoom error code 1132 pc zoom exe download 64 bit join zoom meeting with id & passwords saved why pcr test takes time
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

अब महिलालाई अवसर दिऔं : प्रचण्ड

 शुक्रबार, बैशाख २३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा अयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ, पुरुषहरुले धेरै राज ग¥यौं तर लछारपाटो लगाउन सकेनौं ।’

‘यो राजधानीका लागि अवसर पनि हो’, अध्यक्ष प्रचण्डले भने । देशको राजधानी विदेशहरुको चियाउने आँखीझ्याल भएको भन्दै त्यसलाई सुन्दर बनाउनु पर्ने उनको भनाई थियो ।

बिहीबार चितवनको भरतपुरमा र शुक्रबार काठमाडौंमा महिला उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले महिलालाई अधिकार दिन संविधान कार्यान्वयन गरेको दाबी गरेका थिए । ‘हिजो भरतपुरमा महिलाको पक्षमा अपिल गरियो, आज काठमाडौंमा अर्को महिला मेयरका पक्षमा अपिल गरेका छौं’ उनले भने, ‘यो खुशीको कुरा हो ।’

छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाकै अपमान
प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका छन् ।

‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ उनले भने, ‘कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छन् ।’

सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह र भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । सिंह, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् भने दाहाल, प्रचण्डकी छोरी पनि हुन् ।

प्रतिक्रिया सबै