download zoom full zoominfo engage login zoom download center zoom app for meetings download download zoom msi
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

जिम्बाबे ‘ए’माथि नेपालको शानदार जित

 शनिबार, बैशाख २४ २०७९  

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले जिम्बाबे ए माथि ९ विकेटको शानदार जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेले दिएको ८८ रनको सामान्य लक्ष्य १ विकेटको क्षतिमा ११ ओभर २ बल खेल्दै ८९ रन बनाएर पूरा गरेको हो ।

नेपाललाई जित दिलाउने क्रममा सुनिल धमलाले ३८ रन बनाए भने आसिफ शेखले अविजित ३४ रन बनाए। विनोद भण्डारी ४ रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाबेले ३१ ओभर ५ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

जिम्बाबेलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसी र सोमपाल कामीले समान ३र३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट हात पारे।

जिम्बाबेका लागि जोनाथम काम्पबेलले सर्वाधिक २७ रनको पाली खेले । त्यस्तै ब्राड इभान्सले अविजित २० रन बनाए भने केफास झुवाओले १० रनको पाली खेले । अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

यससँगै नेपालले जिम्बाबे एसँगको एक दिवसीय सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि शुक्रबार भएको खेलमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित भएको थियो। नेपालले अन्तिम एकदिवसीय खेल सोमबार खेल्नेछ ।

प्रतिक्रिया सबै