zoom us join meeting call in meeting - zoom us join meeting call in meeting zoom meeting download app - zoom meeting download app join zoom meeting with id & password manager download zoom free version zoom plus plus download for pc zoom meeting connector download zoom app error you are not eligible
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

गठबन्धन प्रतिनिधि सभा निर्वाचनसम्म कायम रहन्छ : देउवा

 शनिबार, बैशाख २४ २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन प्रतिनिधि सभा निर्वाचनसम्म कायम रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताए ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गरे।

गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे। गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । ‘धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ’, देउवाले भने ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए ।

प्रतिक्रिया सबै