राष्ट्रिय सभागृहमा नमुना मतदान
शनिबार, बैशाख २४ २०७९

फोटो श्रोत : अनलाईनखबरबाट
काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा शनिबार नमुना मतदान गरिएको छ । निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले नमुना मतदान कार्यक्रम राखेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीको तालिमको सिलसिलामा नमुना मतदान गरिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन गर्नेछ ।
फोटो श्रोत : अनलाईनखबरबाट
प्रतिक्रिया
सबै