zoom install for windows 10 latest version audio not working in zoom windows 10 - audio not working in zoom windows 10 zoom font download zoom latest download zoom technologies mcse material free download zoominfo engaged log in
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

प्रचण्ड-माधवलाई ओलीको कटाक्ष: वडामा एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन् ?

 शनिबार, बैशाख २४ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुलाई लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन् । इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘गठबन्धनको कता जाने ? के गर्ने ? भन्ने गन्तब्य छैन । सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो । वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन् ?’

गठबन्धनका हरेक अनुहार ढाडिएका किर्नाजस्ता भएको उनको टिप्पणी थियो । अर्को प्रसंगमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका मतदातालाई सातो जाने गरी हप्काएको बताए ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्ति प्रचण्डले खुरुक्क हँसिया हथौडामा भोट हालेर मेरी छोरी नजिताए दुर्घटना हुन्छ, जिताए भने खुशी हुन्छु र गठबन्धन १०, १५ ,२० वर्ष लैजान्छु भनेछन्, दुर्घटनाको धाक नदिए हुन्छ अन्तिममा उनले चिसै पानीले नुहाउने हो।’

गठबन्धनका नाममा महिलाका हक खोसेर महिला जिताउनुपर्छ भन्नुको कुनै तुक नहुने उनले बताए ‘गठबन्धनका नाममा महिलाका हक खोस्ने अनि महिलाको कुरा गर्ने ?’, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया सबै