zoom app marketplace おすすめ zoom app meeting download for pc - zoom app meeting download for pc zoom online classroom download zoom download deb cloud zoom css download zoom installation failed error 10003 zoom meeting connector download zoom download recordings
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

‘यो निर्वाचन देशभक्त र देशघातीबीचको संघर्ष’

 आइतवार, बैशाख २५ २०७९  

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सत्ता गठबन्धनलाई सर्मपणवादी र देशघातीको संज्ञा दिएका छन् । आइताबार चितवमा एमालेद्वारा आयोजित चुनावी सभामा नेता बादलले भने, ‘ठूला पुँजिपतिहरु अहिले गठबन्धनको रुपमा व्यक्त भएको छ र अर्कोतिर श्रमजीवीबीच संघर्ष चलिराखेको छ । यो स्थानीय तहको निर्वाचन पनि यहि संघर्ष हो। एकातिर विदेशी ईसारामा चल्ने, आत्मसमर्पणवादीहरु छन् भने अर्को देशभक्त ।’

यस्तै, उनले यसपटकको स्थानीय तह निर्वाचन देशभक्त र देशघातीबीचको संघर्ष भएको बताए । नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको उनले दाबी समेत गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताए ।

गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उनले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उनको आरोप छ ।

प्रतिक्रिया सबै