zoom cloud meeting for windows download webinar zoom download can't download zoom zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc free zoom windows app download for pc zoom download free app - zoom download free app
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

ओलीको ६७ बुँदे अपील : कांग्रेविरुद्ध अनेक आरोप, माओवादी र एकीकृत समाजवादीप्रति नरम

 आइतवार, बैशाख २५ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमाले नेताहरु सत्तारुढ कांग्रेसप्रति आक्रामक देखिएका हुन् ।

आइतबार एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्दै यो निर्वाचनमा एमालेलाई भोट हाल्न भन्दै ६७ बुँदे अपिल सार्वजनिक गरे । कांग्रेसविरुद्ध भडासले भरिएको अपिल सार्वजनिक गर्दै ओलीले कांग्रेसमाथि दर्जनौँ आरोप लगाएका छन् । स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय र सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरिरहेका बेला कांग्रेसको षड्यन्त्र चरम उत्कर्षमा पुगेको भन्दै अध्यक्ष ओलीले आक्रोश पोखेका हुन् ।

कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेर संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको ओलीले अपिल जारी गर्दै आरोप लगाए । ‘संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास ग¥यो,’  अपीलमा भनिएको छ, ‘संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो। स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ’

कांग्रेसले आफू सरकारमा रहँदा संसदमा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने, बिना कारण अन्य दलका सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने गरेको ओलीले दावीसमेत गरेका छन् ।

‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो । अहिले विभिन्न शक्तिसँग मिलेर देशलाई पछाडि फर्काउन खोजिरहेको छ ।’

राणा, राजा र कांग्रेसलाई एउटै बकेटमा राखेर व्याख्या गरेका ओलीले यी तीनै शक्तिले शासन गर्दा देशमा विकास नै नभएको भने । ओलीले भने– ‘राणा, राजा र कांग्रेसले लामो समय शासन गरे । वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन पर्यो । तर, देश विकास गर्ने सन्दर्भमा कांग्रेसको केही भूमिका रहेन ।’

ओलीले भने– ‘नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो ।’

यस्तै ओलीले अपिल जारी गर्नेक्रममा राणाहरुसँग समेत सहकार्य गरेको कांग्रेसले एमालेसँग सहकार्य गर्न नचाहेको बताए । ओलीले भने– ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन । यस्तो सोच्नु पनि अपराध ठान्छ । उसले राणा शाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको घोषणा गरेको सर्वविदितै छ ।’

कांग्र्रेसले लालपूर्जा वितरण गर्ने अवस्थामा पुगेको सुकुम्बासी समस्या समाधान आयोग पटक–पटक खारेज गरेको पनि अपिलमार्फत् मतदातालाई स्मरण गराएको छ । ‘ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाहरूको हित र कल्याणमा कुनै ध्यान दिइएन, समाजमा व्याप्त कुरिती, कुप्रथाहरू हटाई सामाजिक परिवर्तन, रूपान्तरण र सशक्तीकरणका कुनै कार्यक्रमहरू कांग्रेस सरकारमा रहँदा सोच्दा पनि सोचिएनन्,’ जारी अपिलमा भनिएको छ ।

एमालेले आफूसँग कांग्रेसले सहकार्य गर्न नचाहेको भन्दै अपिलमा कांग्रेसले विगतमा राणासँग सहकार्य गरेको इतिहाससमेत स्मरण गराएको छ । ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ,’ अपीलमा भनिएको छ, ‘उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ। कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ।’

एमाले अध्यक्ष ओलीद्वारा जारी अपिलमा एमालेको कामको प्रशसा र कांग्रेसको आालेचना बढी रहेको छ । तर, तत्कालीन नेकपा विघटनपछि फेरि अस्तित्वमा आएको नेकपा माओवादी केन्द्र र पार्टीबाट विभाजन बनेको नेकपा एकीकृत समाजवादीलाई कम प्रहार गर्दै एमाले नेताहरु सत्तारुढ कांग्रेसप्रति आक्रामक देखिएका हुन् ।

 

एमाले अध्यक्ष ओलीद्वारा जारी अपिल हुेर्नूहोस् पूर्णपाठ 

प्रतिक्रिया सबै