zoom meeting app information download free zoom cloud meeting download zoom software for windows installation failed error code 10003 zoom zoom mic icon not showing
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दुःख पायो : अध्यक्ष प्रचण्ड

 सोमवार, बैशाख २६ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी र प्रजातन्त्रवादी झगडा गर्दा देशले दुःख पाएको बताएका छन् । धनगढीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्डले भने, ‘समझदारी हुँदा शान्ति भएको छ, संविधान बनेको छ, राजा र पञ्चायत पनि ढलेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘तर अहिले पनि शीर्ष नेताहरुबीच असझदारी बनाउने कोशिश भइरहेको छ ।’

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय मात्रै नभएर प्रदेश र संघीय निर्वाचनमा पनि सँगै जाऊँ भन्ने प्रस्ताव गरेको प्रचण्डले बताएका छन् । ‘हामीले विस्तृत शान्ति सम्झौता र जनआन्दोलनका उपलब्धी रक्षा गर्ने या प्रतिगमनलाई उठ्न दिने फैसला हुँदैछ’, उनले थपे, ‘ठूलो संघर्षको विषय बनेको छ यो निर्वाचन। वाम शक्ति र लोकतन्त्रवादी शक्तिहरु एक भएर तानाशाहीविरुद्ध उठ्दा पञ्चायत ढल्यो। अहिले पनि मिल्नुको विकल्प छैन ।’

वामपन्थी र नेपाली कांग्रेसले अस्वस्थ प्रतिस्पर्धा गर्दा जनयुद्ध भएर हजारौँले ज्यान गुमाएको पनि उनको भनाई थियो । ‘तर यिनै शक्तिले फेरि समझदारी गर्दा हिजो समस्या हटे गयो’ उनले भने, ‘लोकतान्त्रिक वाम गठबन्धनका रुपमा हामी अघि बढेका छौँ। त्यसैले हामीलाई जिताउनुको विकल्प छैन ।’

 

प्रतिक्रिया सबै