zoom for classroom download download zoom crack zoom app facebook cca.zoom.us/download zoom desktop client on your pc official zoom download download zoom installer msi zoom version 4.3 download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

पुरुष गर्भनिरोधक चक्कीको प्रभावकारिता ९९ प्रतिशत

 सोमवार, बैशाख २६ २०७९  

काठमाडौं । पुरुषका लागि पनि गर्भनिरोधक चक्की पाइने भएको छ ।

वैज्ञानिकहरूले गर्भ रोक्न पुरुषका लागि ९९ प्रतिशत प्रभावकारी हुने वाइसिटी ५२९ नामक नन हर्मोनल ड्रग पत्ता लगाएका छन् । वैज्ञानिकहरूले उक्त औषधि मुसामा परीक्षण गराइसकेका छन् भने यसको कुनै साइड इफेक्ट नरहेको बताइएको छ । उक्त औषधि लगभग चार हप्तासम्म मुसालाई खान दिइएको थियो ।

चार हप्तापछि मुसालाई औषधि दिन बन्द गरेपछि मुसाको बच्चा भएको थियो । मिनेसोटा विश्वविद्यालयका वैज्ञानिकले उक्त नन हर्मोनल ड्रगको ह्युमन ट्रायल गर्ने योजना बनाइरहेका छन् । उक्त औषधिले पुरुषको शरीरमा प्रोटिनको सञ्चार बन्द गरिदिन्छ जसले शुक्रकिटलाई पनि रोक्न सक्ने जनाइएको छ ।

वाइसिटी ५२९ चक्की धेरै प्रभावकारी भएको अनुसन्धानको नेतृत्व गरिरहेका प्रोफेसर गुण्डा जर्जले बताएका छन् । वाइसिटी ५२९ ले रेटिनोइक एसिड रिसेप्टर अल्फालाई टार्गेट गर्छ । रेटिनोइक एसिड रिसेप्टर अल्फा एक प्रकारको प्रोटिन हो जसले शुक्रकिटको निर्माण गर्नुका साथै कोशिकाहरूको विकास गर्न मद्दत गर्छ । मुसामा उक्त औषधिको सेवनपछि शुक्रकिटको सङ्ख्यामा कमी आएको थियो ।

सन् २०२२ मा बिचमा वाइसिटी ५२९लाई मानिसमा परीक्षण गरिने बताइएको छ । यसअघि ब्रिटेनका पुरुषहरूमा गर्भनिरोधक चक्कीको परीक्षण गरिएको थियो । सन् १९५० देखि वैज्ञानिकहरूले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की, जेल र खोपको विकास गर्ने कोसिस गरिरहेका छन् । तर, अहिलेसम्म बजारसम्म आइपुग्ने अनुमति भने कुनै औषधिले पाएका छैनन्।

प्रतिक्रिया सबै