एमालेले काठमाडौंमा चुनावी सभा गर्दै , ओलीले सम्बोधन गर्ने
मङ्लबार, बैशाख २७ २०७९
काठमाडौं। स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ।
एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा–वडादेखि आउने जुलुस र र्याली सभास्थल जानेछन्।
प्रतिक्रिया
सबै