zoom error code 1132 on windows - zoom error code 1132 on windows zoom meeting login join meeting online free download why is my pcr test taking so long uk - why is my pcr test taking so long uk zoom meeting join a meeting login for - zoom meeting join a meeting login for how di download the latest version of zoom join a zoom meeting by meeting number
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

मोदी हेलिकप्टरबाट सिधै लुम्बिनी आउने, यस्तो छ तालिका

 मङ्लबार, बैशाख २७ २०७९  

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि नेपालमा पटक-पटक आएका छन् । तर, यो पटक भने बुद्ध जयन्तीको अवसरमा मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने कार्यतालिका छ । स्थानीय अधिकारीका अनुसार उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कनेछन् । भ्रमणका क्रममा मोदीले एक ‘मोनास्ट्री’को शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

मोदीको भ्रमण कार्यक्रमबारे अझै जिल्ला प्रशासन कार्यालय र लुम्बिनी विकास कोषमा विस्तृत विवरण भने नआएको सम्बद्ध अधिकारीहरूको भनाई छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भए पनि पूर्ण विवरण अझै नआएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेयको भनाइ छ । तर, भ्रमणको तयारीलाई लिएर सुरक्षा लगायतका सबै व्यवस्थापन भने गरिएको छ ।

त्यस्तै, भारतीय प्रधानमन्त्री आउने निश्चितजस्तै भए पनि सुरक्षाका कारण सबै विवरण बाहिर भन्न नमिल्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं बुद्ध जयन्तीको प्रचार प्रसार संयोजक सिद्धिचरण भट्टराईले बताएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणको कार्यतालिका फाइनल गर्न नेपालले भारतलाई पठाइसकेको तर उताबाट त्यो फाइनल गरेर आउन बाँकी रहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । यता भारतीय दूतावास स्रोतले भने प्रधानमन्त्रीको एकदिवसीय भ्रमणमा दुई पक्षीय भेटघाटदेखि नागरिक अभिनन्दनलगायतको कार्यक्रम रहेको बताएको छ ।

स्रोतका अनुसार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा आयोजना हुने २५६६ औं बुद्ध जयन्ती समारोहमा भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी पाँच दिनसम्म मनाइने भएको छ ।

कोरोना महामारीका कारणले लगातार २ वर्षसम्म औपचारिक समारोहबीच मनाउन नसकिएको बुद्ध जयन्ती यसपटक जेठ १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

 

प्रतिक्रिया सबै