impact zoom blur premiere download why is my zoom audio not working on windows 10 - why is my zoom audio not working on windows 10 zoom cloud meeting app free download for windows 10 64 bit zoom download site zoom.us zoom windows 10 download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

सन्जुलाई अन्तिम श्रद्धाञ्जली अर्पण

 मङ्लबार, बैशाख २७ २०७९  

काठमाडौं । १३औँ सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी सन्जु चौधरीको अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला तथा अबिरबाट श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले चौधरीको पार्थिव शरीरमा अबिर तथा फूलमाला अर्पण गरेका थिए ।

नेपालगन्जको आदर्श टोल निवासी चौधरीको शव आजै उनको जन्मघर बर्दिया लगिएको छ । ललितपुरको लुभुमा मंगलबार झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका राखेपको परिसरमा राखिएको थियो ।

पाटन अस्पतालमा पोस्टमार्टमपछि सन्जुको पार्थिव शरीर रंगशाला ल्याइएको थियो । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्जुको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको प्रहरीको अनुमान छ ।

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन उनी काठमाडौं आएकी थिइन् । उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया सबै