जव माधव नेपालले अकमक्किएर सुर्यमा भोट मागे…
मङ्लबार, बैशाख २७ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले झुक्किएर सूर्यमा मतदान गर्न आग्रह गरेका छन् । कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको समाजवादीले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा अन्तिम चुनावी सभा आयोजना गरेको थियो ।
उक्त सभामा सम्बोधन गर्दै गर्दा अध्यक्ष नेपालले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरेका थिए । सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरेका थिए । त्यसपछि पनि उनी एकछिन अकमक्किए । एक छिन अलमलिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।
पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरे पनि ललितपुरको महालक्ष्मी नगरपालिकामा भने समाजवादीले एक्लै चुनाव लडेको छ ।
प्रतिक्रिया
सबै