zoom client for pc download why my zoom app is not opening zoom app for blackberry zoom install for windows 10 latest version link to download zoom conferencing software
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मौन अवधि सुरु, प्रचारप्रसार बन्द

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौं । आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाखमा हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको हो ।

निर्वाचन आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार—प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ ।

आयोगले नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

प्रतिक्रिया सबै