zoom app icon download where do i download zoom zoom id download zoom download for ma zoom cloud download app zoom meeting download registration list
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

भारतीय विमान सुरक्षाकर्मी लिएर भैरहवामा

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौं । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् ।

मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको बिहान आएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट सोझै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हो । प्रवक्ता शाहका अनुसार भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता हुँदैछ ।

प्रतिक्रिया सबै