download zoom 5.8.3 zoom installer full.msi parameters zoom download for laptop free zoominfo stock ipo date zoom icon png free download zoom download nz
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मौन अवधिमा पैसा बाँडेको आशंकामा १ जना पक्राउ, १२ कार्टुन रक्सी बरामद

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौं । सिराहामा पैसा बाँडेको आरोपमा एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गोलबजार नगरपालिका—२ का ६८ वर्षीय माओवादी कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएको जानकारी दिए ।

मौन अवधि सुरु भएसँगै पैसा बाँडिरहेको शंकामा एमाले समर्थक व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएको र पछि प्रहरीले गएर रेस्क्यू गरेको तिमिल्सिनाको भनाई छ । लामाको गोजीबाट ९ हजार रुपैयाँ बरामद भएको थियो । तर १० हजार रुपैयाँ बाँड्न लागेको भन्दै लिखित उजुरी परेको थियो । लामालाई कार्यालयले स्पष्टीकरण सोध्ने तयारी गरेको गोलबजार नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए ।

१२ कार्टुन रक्सी बरामद
कपिलवस्तुबाट प्रहरीले १२ कार्टुन रक्सी समेत बरामद गरेको छ । मौन अवधिको समयमा रक्सी किनबेच गर्न निषेध गरिएको छ ।

त्यसबीच चेकिङको क्रममा रक्सी ओसारपसार गरिरहेको फेला परेपछि प्रहरीले रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । कपिलवस्तु नगरपालिका—३बाट लु १ ज २४१० नम्बरको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको हो । उनको गाडीबाट स्टार नामको १२ कार्टुनमा ३६० बोतल रक्सी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै