audio not working in zoom windows 10 zoom account login uk why is zoom not installing on my laptop zoom download espa├▒ol zoom install download msi zoom app for oculus quest why isn't my zoom audio working on my laptop - why isn't my zoom audio working on my laptop zoom app for cloud meetings
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

‘कुकुरले टोकेर एमालेमा आएको होइन’

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौं । सामाजि सञ्जालमा भाईरलम्यानले चिनिएका पुण्य गौतम एमालेमा प्रवेश गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाउँदै पुण्य गौतम एमालेमा प्रवेश गरेका हुन् । नेकपा मसालबाट राजनीति सुरु गरेका गौतले एकता केन्द्र हुँदै माओवादीमा लागेका थिए । लडाकुका ? पमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बनेका थिए ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो । पुण्य गौतमलाई केही दिन अगाडि मात्रै चाक्सीवारीस्थित प्रकाशमानसिंह र सिर्जना सिंहको निवासभित्र कुकुरले टोकेको थियो । अजंगको कुकुरले टोकेर घाइते बनाउँदो पनि सिंह दम्पत्तिले ‘सरी’ सम्म नभनेको भन्दै सामाजिक सञ्जालमा बोल्दै हिडेका थिए ।

कांग्रेस र नेकपा एस सत्तारुढ गठवन्धनमा छन् र तालमेल गरेर चुनाव लडिरहेका छन् । सिर्जना काठमाडौं महानगरको मेयरमा गठबन्धनकी साझा उम्मेदवार हुन् ।

अहिले अचानक एमाले प्रवेश गरेपछि कतिपयले त्यही कुकुरको टोकाइकै कारण उत्तेजनामा आएर पार्टी छोडेका त होइनन् भनेर समेत टिप्पणी गरे । गौतमले भने यसलाई अस्वीकार गरेका छन् ।

उनले भनेका छन्, ‘मानवीय संवेदना शून्य भएका, कुनै बौद्धिक चेतना नभएका नत्थु गैरेहरुले यस्तो टिप्पणी गरेका हुन् । कुकुरले टोक्यो भनेर कसैले पार्टी फेर्छ ?’ पुण्यले एमाले प्रवेश गर्दा गरेको भाषणमा आफूलाई सिर्जना सिंहको कुकुरले टोकेको गुनासो गर्दै भनेका थिए, ‘यस्ता मान्छेहरु मेयर भए भने के गर्छन् ?’

प्रतिक्रिया सबै