latest version of zoom for windows 11 - latest version of zoom for windows 11 zoom won't connect to audio on laptop - zoom won't connect to audio on laptop download zoom meeting from microsoft store - download zoom meeting from microsoft store zoom genesis rom download zoom free download download zoom 5.4.6
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

चुनावले न्युरोडको महाबौद्ध सुनसान (फोटो)

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय निर्वाचनले गर्दा उपत्यकाका बढी चहलपहल हुने बजार सुनसान देखिएको छ । अधिकांश समय किनमेलका लागि मानिसहरुको भिड लाग्ने न्युरोडस्थित महाबौद्य सुनसान देखिएको हो । पसलहरु बन्द छन् । अहिले अरुबेला जस्तो मानिसहरुको त्यति चहपहल देखिएको छैन ।

चुनावमा भोट हाल्नका लागि पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडेका छन् । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको हो ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार भने बाहिरिनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । बुधबार नाकाहरुमा यात्रुको चाप उच्च छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् । भोलिसम्म नै सवारीका यात्रुको चाप उच्च हुनेअनुमान ट्राफिक प्रहरी महाशाखाको भनाई छ ।

प्रतिक्रिया सबै