zoom download windows 11 zoom download english zoom download for pc 2019 how zoom app work download zoom us app join zoom meeting with id & passwords list
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

भोट माग्दै हिँडेका दुई समूहबीच झडप, ४ जना घाइते

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौं । प्यूठानमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको छ । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् ।

घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ ।

प्रहरीले गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि झडप भएको जनाएको छ ।

 

प्रतिक्रिया सबै