download zoom cloud meetings for laptop zoom installer download for windows 10 zoom meeting joining 2016 - zoom meeting joining 2016 zoom download for windows 10 32 bit zoom app miro
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा

 बिहिबार, बैशाख २९ २०७९  

टीकापुर । कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ ।  जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधवारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिएका छन् ।

“मतदान केन्द्रमा सबै कर्मचारी पुगेर काम थाल्नुभएको छ । मतदान गर्न जाने व्यक्तिले आफ्नो मतदाता परिचयपत्र लिएर मत हाल्न जानुपर्छ । मतदाता नामावलीमा नाम छ तर, मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको आधारमा पनि मत हाल्ने प्रबन्ध गरिएको छ”, प्रमुख भट्टले भने, “कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् ।”

मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयंसेवक खटिएका छन् ।

“स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउन सबै जिम्मेवार बन्नुपर्छ । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्नसमेत मतदातालाई आग्रह गर्छु”, उनले भने, “मौनअवधि सुरु भइसकेकाले आचारसंहिता पालनामा समेत सबैलाई ध्यान दिन आग्रह छ । निर्वाचनले पालिकाको दक्ष नेतृत्व चयनमा सबैलाई निधक्क मतदान गर्ने वातावरण बनाउने दायित्व सबैको हो ।”

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । ती मध्ये महिलाको संख्या बढी छ । जिल्लामा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् ।

११ जना अन्य मतदाता छन् । मतदान केन्द्रमा पुगेका कर्मचारीले बुधवारबाट मतदाता परिचयपत्र वितरण थालेका छन् । यसैबीच, निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमका सीमानाका तीन दिनका लागि बन्द भएका छन् ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमानाकामा आवतजावत बन्द गरिएको छ । भारतसँग सीमा जोडिएको त्रिनगर–गौरीफन्टा, खक्रौला नाका, बैतडीको झुलाघाटलगायतका सीमानाका बन्द भएका छन् ।

प्रतिक्रिया सबै