join zoom meeting with id & password zoom download for laptop hp - zoom download for laptop hp download zoom room app for windows zoom app download for windows 10 32 bit download zoom chat after meeting install zoom for all users zoom download live transcript binoculars 30x zoom free download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

‘स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा’

 बिहिबार, बैशाख २९ २०७९  

काठमाडौं । स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिएका हुन् ।

आयोगले निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको प्रवक्ता पौडेलले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको उनको भनाई छ ।

आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ । आचारसंहिताको उलंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्र बागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

यो पनि

‘यो निर्वाचनमा राजनीतिक जोखिम छैन’

प्रतिक्रिया सबै