zoom pc versi terbaru - zoom pc versi terbaru zoom client for meetings download what app do i download for a zoom meeting - what app do i download for a zoom meeting blur effect zoom download zoom meetings no download how do i join a zoom meeting on my pc - how do i join a zoom meeting on my pc free download zoom cloud meeting zoom meeting join a meeting online ok - zoom meeting join a meeting online ok
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

स्थानीय तह निर्वाचन : मतगणनास्थलमा आठवटा सीसी क्यामरा र फलामको बार

 बिहिबार, बैशाख २९ २०७९  

काठमाडौं । भोली हुने चुनाका लागि निर्वाचन आयोगले विभिन्न मतदानस्थालनमा मतपत्रको सुरक्षाका लागि सीसी क्यामरा र तार जालीको व्यवस्था गरेका छ । निर्वाचन आयोगले यसपटक देशभरका मतगणनास्थलमा सीसी क्यामरा अनिवार्य गरेको हो ।

भरतपुर महानगरपालिकाको मतगणनास्थलमा आठवटा सीसी क्यामरा र जालीसहितको फलामको बार लगाइएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ । २०७४ सालमा प्रदर्शनी केन्द्रबाट नजिकै रहेको कभर्ड हलमा मतगणना गरिएको थियो । अहिले प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतपत्रको सुरक्षार्थ व्यवस्थापकीय कार्य भइरहेको छ । भोलि मतदान सकिएपछि महानगरको सबै मतपत्र यहाँ ल्याइनेछ ।

यस्तै मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजालीसहितको फलामको बार राखिएको छ । प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी जालीसहितको फलामको बार बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।

उनले मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिने बताए । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्नेछ ।

यस्तै, मतगणना हुने ब्लकको पश्चिमतिरको छुट्टै एउटा कोठामा पत्रकारहरूलाई बस्ने ठाउँको व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिन सक्ने उनले बताए । भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको थियो । भरतपुर—१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले १४ जेठ २०७४ मा मतपत्र च्यातेका थिए । त्यसपछि उक्त वडामा पुनः मतदान गरिएको थियो ।

प्रतिक्रिया सबै