zoom download for pc windows 8 zoom meeting download recording zoom download free for windows 11 zoom won't connect to audio on laptop - zoom won't connect to audio on laptop zoom desktop client download windows 10 zoom integration to download meeting
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त

 बिहिबार, बैशाख २९ २०७९  

काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त भएका छन् । श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।

उनलाई बिहीबार राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् । आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध उग्र प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए ।

राजापाक्षेले राजीनामा दिएपछि विपक्षी दलका शीर्ष नेताहरूले राष्ट्रपतिले राजीनामा नदिएसम्म नबन्ने घोषणा गरेपछि विक्रमसिंघे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेले ट्विटरमार्फत बधाईसमेत दिएका छन् ।

 

प्रतिक्रिया सबै