download registrants zoom zoom login uk online free uk - zoom login uk online free uk zoom meeting join download zoom install microsoft do i download zoom before i join a meeting zoom installation download - zoom installation download zoom cloud meetings free download for windows 10
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

स्थानीय तहमा नयाँ नेतृत्वको लागि मतदान सुरु

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । स्थानीय तहमा नयाँ नेतृत्वको चुन्नका लागि मतदान सुरु भएको छ । आज विहान ७ बजेदेखि सूरु भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ ।

पाँच वर्ष अगाडि नेपालमा पहिलोपटक स्थानीय सरकारको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आज दोस्रोपटक देशैभर स्थानीय तहको निर्वाचन भइरहेको छ ।

प्रमुख निर्वाचन आयुक्तले भक्तपुरको लोकन्थलीबाट मतदान गरेका छन् । उनले मतदान गरिसकेपछि आफुलाई निकै खुशि लागेको बताए ।

काठमाडौं उपत्यकाका मतदाताहरु विहानैदेखि भोट लगाउन मतदान स्थलमा हिडेर पुगेका थिए । निर्वाचन आयोगले सुरक्षाका लागि आज सार्वजनिक यायाता बन्द गराएको छ । केहि अत्यावश्यक, मिडिया, एम्बुलेसन्स लायतका सवारी छिटफुट चलेको छ । बिहानैदेखि मतदान केन्द्रमा निर्वाचन अधिकृत, सुरक्षाकर्मी र निर्वाचन पर्यवेक्षकहरूको उपस्थिति देख्न सकिन्छ । कतिपय ठाउँमा बिहानैदेखि मतदाताहरु लाइनमा लागेका छन् ।

आयोगका अनुसार यो पटक १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जना प्रतिनिधि चयन गर्दैछन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
यसमध्ये मनोनयनकै क्रममा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध भइसकेका छन् । ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यसपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न १० हजार ७५६ मतदानस्थल अन्र्तगत २१ हजार ९५५ मतदान केन्द्र बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् ।

निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया सबै