zoom desktop client download for pc zoom meetings free version download for pc download zoom offline installer downloads zoom app download zoom cloud meeting windows download zoom windows 8
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सिन्धुपाल्चोकमा सेनाले तेर्सायो हतियार, मतदाता भागाभाग

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झडप भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथ कब्जाको प्रयास भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देख्न सकिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको छ ।

यस्तै पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य रहेको छ ।

सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया सबै