download to zoom zoom download for pc - zoom download for pc zoom download for windows 8.1 64 bit zoom meeting login us - zoom meeting login us zoom logo download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

मतदानपछि ओलीले भने : गठबन्धनलेभन्दा बढी मत एमालेले ल्याउँछ

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनबाट पाँच दलकोभन्दा बढी परिणाम एमालेको पक्षमा आउने दाबी गरेका छन् । ‘परिणाम नेकपा एमालेको पक्षमा आउँछ । प्रतिशतको हिसाबले राम्रो । पाँच दललेभन्दा धेरै एमाले एक्लैले जित्छ’, आज मतदानपछि प्रतिक्रिया दिँदै उनले भने ।

एमालेको पक्षमा अपेक्षित परिणाम आउने भन्दै त्यस्तो परिणाम देखेर केही अवाञ्छित गतिविधि भएको अध्यक्ष ओलीले बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वैशाख नौ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन वैशाख ३० बाट पर सारौँ भनेर आफुलाई प्रस्ताव गरे पनि आफूले नमानेको बताएका छन् ।

‘शेरबहादुरजीले वैशाख ९ गतेसम्म पनि मलाई ३० को निर्वाचन पर सारौँ भनेर भन्नुभएको तर, मैले त्यसको विरोध गरेँ’, उनले भने, ‘उहाँहरुको नियत पहिला पनि देखेका हौँ । गठबन्धनका नेताहरुले चैतमा सारौँ भनेर भनिरहेको हामीले सुनेको हो ।’

ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

प्रतिक्रिया सबै