zoom app win 10 zoom uploader download zoom download center - zoom download center zoom msi install options download articles from legal zoom download aplikasi zoom cloud meeting download registrants zoom
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । नेता भट्टराईले गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबर मार्फत पठाइएको छ’, निर्वाचन आयोग स्रोतले भन्यो ।

प्रतिक्रिया सबै