join zoom meeting online - join zoom meeting online zoom meeting free app zoom download recording zoom download in china zoom sound not working on laptop windows 10
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

चुनावको दिन ओली र देउवाको जुहारी: चुनाव हुँदैन भन्ने ओलीजीले पनि मतदान गर्नुभयो हो !

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । देशभर स्थानीय तहमा नयाँ नेतृत्व चुन्नका लागि मतदान भइरहेको छ । आज विहान सात बजेदेखि सुरु भएको मतदान बेलुका साँझ बजे सकिँदैछन् । कतिपय मतदान स्थालमा विवाद हुँदा झडप भएर स्थगित भएको छ भने कतिपय स्थानी तहमा मतदान सम्मपन्न भएको छ ।

ओली र देउवाको जुहारी
शीर्ष नेताहरुले भोट हालसिकेका छन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज चुनावका दिन पनि रोचक वादप्रतिवाद भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेर भोट खसालेपछि सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गरे । एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ दिए ।

देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । पत्रकारहरुसँ दउवाले भनेका थिए, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो हो ! अहिले चुनाव भइरहेको छ । निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ’, देउवाले भनेका थिए ।

यस्तै दउवाले अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजे पनि आफुहरुले चुनाव गर्न सफल भएको दावी गरे ।

मतदान गर्न महेन्द्र शान्ति स्कुलमा पुगेका ओलीलाई पनि पत्रकारहरुले यहि प्रश्न गरियो । ‘तपाइले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छ’ पत्रकारहरुको प्रश्न थियो ।
ओलीले जवाफमा भने ‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’

ओलीले थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’

प्रतिक्रिया सबै