८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

निर्वाचन आयोग दलहरूसँग असन्तुष्ट

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । देशभर आज भएको स्थानीय तह निर्वाचनमा दलहरुबाट सहयोग नपाएको भन्दै निर्वाचन आयोगतले असन्तुष्ट जनाएको छ । स्थानीय तहको निर्वाचनको ४० प्रतिशत मत खसे पनि दलहरूबाट सहयोग नपाएको भन्दै निर्वाचन आयोग राजनीतिक दलहरूसँग असन्तुष्ट बनेको हो ।

स्रोतका अनुसार आयोग सबैभन्दा बढी गृहमन्त्री बालकृष्ण खाँणसँग असन्तुष्ट भएको छ । शुक्रबार बिहान शान्तिपूर्ण सुरु भएको मतदान दिउँसोतिर केही स्थानमा दलहरुबीचकै विवादका कारण अवरुद्ध भएको छ । आयोगले सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि जनाएको हो ।

मतपेटिका जोगाउन सुरक्षा नदिएको र मतदान अधिकृतमाथि हातपात भएको भन्दै आयोग रुष्ट बनेको हो । निर्वाचनका लागि निर्धारण गरिएको समय सकिन भर्खरै सकिएको छ ।

७ सय ५३ स्थानीय तहमध्ये केही तहमा विवादले स्थगित भएपनि सर्वदलीय बैठक राखेर निर्वाचन सुचारु गराउने प्रयास भइरहेको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया सबै