८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

भारतीय विदेश मन्त्रालयले भने- ‘दुई देशका प्रधानमन्त्रीको भ्रमण हुनुले हाम्रो निकटता दर्साउँछ’

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीको अवसरमा गर्न लागेको नेपाल भ्रमणले दुई देशबीचको निकटता दर्साउने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेको छोटो समयमा नै भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुले दुई देशबीचको निकटता भारतको भनाई छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विनय क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पाँचौँ नेपाल भ्रमणमा लुम्बिनीको भ्रमण गर्न लागेको बताए । भ्रमणका कारण मोदीले बुद्धको जन्मस्थान रहेको मायादेवीको मन्दिर दर्शन गर्ने बताए । सन् २०१४ को भ्रमणमा प्रधानमन्त्री मोदीले नेपाललाई बोधगयाबाट बोधी रुख उपहार दिएको पनि स्मरण गराए ।

उनले मायादेवीको भ्रमणपछि मोदीले भारतको बुद्धिस्ट कन्फडरेसनले निर्माण गरेको गुम्बाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता हुने उनले बताए । सो वार्ता प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएको वार्ता कै निरन्तरता हुने उनले बताए । वार्तामा हाइड्रोपावर पार्टनसीप एन्ड कनेक्टिभिटीलगायत विषयमा छलफल हुने उनको भनाई छ । त्यसपछि दुई देशका प्रधानमन्त्री बुद्ध जयन्तीको उत्सवमा सहभागी हुनेछन् । कार्यक्रमलाई मोदीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया सबै