zoom latest version download download zoom pc windows download zoom cloud meetings app for windows 10 link download office 2010 full crack vn-zoom download zoom meeting for laptop zoom extension download zoom rooms windows download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

रुकुमको सानीभेरी-१ मा माओवादी प्यानलसहित विजयी

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौं। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ।
सानीभेरी १ मा माओवादीका टेकबहादुर पुन विजयी भएका छन्। उनले ५ सय ६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे।

सँगै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकै विर्खबहादुर विष्टले ५ सय ४७ मतसहित अग्रता लिएका छन्। कांग्रेस–एमाले गठबन्धनका उनका प्रतिस्पर्धी गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन्।

उपाध्यक्षमा समेत माओवादी केन्द्रकै कमला रोकाले अग्रता लिएकी छन्। पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन्।

प्रतिक्रिया सबै