८ जेष्ठ २०८१, मंगलवार Tuesday 21 May, 2024

भरतपुरमा रेनु र विजयीबीच कडा प्रतिस्पर्धा

 शनिबार, बैशाख ३१ २०७९  

काठमाडौैं । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजयी सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार रेनु १५ मतले पछि परेकी छन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् ।

सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् ।

हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।

प्रतिक्रिया सबै